बेरोजगारलाई रोजगार बनाउन नेपालगन्जमा पञ्चकोशी तालिम केन्द्र संचालन

बाँके, ९ पुस, २०७९ ।


बेरोजगारलाई रोजगार बनाउन नेपालगन्जमा पञ्चकोशी मल्टिपल एजुकेसन एण्ड ट्रेनिङ सेन्टर संचालनमा आएको छ । तालिम तथा शिक्षण पेशामा लामो समय अनुभव संगालेका दक्ष प्रशिक्षकको अगुवाईमा संचालनमा आएको ट्रेनिङ सेन्टरले सुरक्षा, लोकसेवा, शिक्षा सेवा आयोग, बैंकिङ सेवा, कम्प्युटर तथा १०–१२ कक्षामा अध्ययनरत विद्यार्थीलाई ट्यूसन समेत पढाइरहेको छ ।
नेपालगन्जको कारकाँदो चोकमा संचालनमा आएको उक्त ट्रेनिङ सेन्टरले बेरोजगारी यूवायूवतीलाई रोजगारमुलक तालिम दिनुका साथै स्वदेस र विदेसमा आवश्यक पर्ने सेक्यूरिटी गार्ड तालिम समेत दिँदै आएको संचालक देसराज देवकोटाले बताए । ‘नेपाल, भारत, व्रिटिस आर्मीमा भर्ना हुन चाहने यूवायूवतीसँगै विदेसको सेक्यूरिटी गार्डमा जान चाहनेहरुलाई तालिम दिएर भर्ना हुन योग्य बनाउँछौँ,’ उनले भने ।
नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा भर्ना हुन चाहनेलाई भर्नाका क्रममा आवश्यक पर्ने सामान्य ज्ञानका साथै शारिरिक तालिम पनि दिँदै आएको उनले बताए । उनले बेरोजगार यूवायूवतीलाई रोजगार बनाउन ट्रेनिङ सेन्टर संचालनमा ल्याएको बताए । ‘यूवाको मागलाई मध्यनजर गरि देसमा रहेका बेरोजगारलाई उत्कृष्ट तालिम दिएर दक्ष बनाउने यसको मुख्य उद्देश्य हो,’ उनले भने ।
बाँके जिल्ला र यस आसपास जिल्लाका उनले तालिम लिएका प्रशिक्षार्थीले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमा भर्ना हुन चाहेमा सहजीकरण गरिने बताए । ‘तालिम लिएका ब्यक्तिलाई जागिरीका लागि माग भएमा फर्म भर्न र आवश्यक प्रक्रियाका बारेमा सहजकर्ताको भूमिका हामीले निभाउने छौँ,’ देवकोटाले भने ।

Previous articleभेरी अस्पतालमा घुँडाको लिगामेन्ट उपचार : सस्तो शुल्कमा दूरवीनबाट शल्यक्रिया
Next articleमास्क र स्यानिटाइजर अनिवार्य गर्न गृहको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here