गाउँसभा भएपछि डुडुवाबासी खुसी : ६५ करोड ३१ लाख बजेट पेश

बाँके, ४ पुस, २०७९ ।


गाउँसभा भएपछि डुडुवा गाउँपालिकाका सर्वसाधारण खुसी भएका छन् । गाउँसभा नभएका कारण सामाजिक सुरक्षा भत्ता लगायतका सेवा, सुविधा रोकिएर सास्ती खेपेका डुडुवावासी गाउँसभा भएपछि खुसी भएका हुन् ।
सर्वसाधारण उत्सुक भएर पालिकाले गर्ने निर्णय सुन्न सभा भइरहेको ठाउँमा पुगेका थिए । लामो प्रतिक्षापछि आयोजना भएको गाउँसभाले गर्ने निर्णय सुन्न विहानैदेखि पालिकाको कार्यालय आएको डुडुवा गाउँपालिका १ का जेष्ठ नागरिक रामअवतार अहिरले बताए । उनले जनताको काम गर्नका लागि चुनिएका जनप्रतिनिधिले जनताको भावना अनुसार निर्णय लिनुपर्ने बताए ।
गाउँसभा स्थल पुगेका सर्वसाधारणहरु जनप्रतिनिधि वीच असहमति भई फेरि स्थगित हुने होकी भन्ने चिन्ता ब्यक्त गरेका थिए । गाउँसभा नहुँदा गाउँपालिकाले ठूलो क्षति ब्यहोर्न परेको सभा स्थल भेटिएका डुडुवा गाउँपालिका २ वेतहनीका सिकन्दर यादवले बताए । उनले छलफल मार्फत असमतिलाई सहमतिको विन्दु पहिल्याउन जनप्रतिनिधिलाई सुझाव दिए ।

रु. ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक
यसैवीच, सोमवार भएको १२ औँ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले आर्थिक वर्ष ०७९–०८० को वजेट पेश गरेका छन् । १२ औं गाउँसभामा अध्यक्ष चौधरीले एक वटा विधियेक, नीति तथा कार्यक्रम र रु. ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेका हुन् ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका १८ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधी भाषा र उर्दु भाषाको संरक्षण र सम्वद्र्धन गर्न मातृभाषाका गुरु÷शिक्षक÷सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड दिने नीति गाउँपालिकाले अघि सारेको छ । एसईई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्रालाई साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित गरिने योजना बनाएको गाउँपालिकाले बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, पिकनिक स्पट निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन एवम् प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद, गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार तथा पुनर्निर्माण गरी पर्यटकीय क्षेत्रहरुको विकास गर्ने योजना छ,’ अध्यक्ष चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन मार्फत गाउँपालिकाको समग्र विकास, घर–घरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर–घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घर–घर पशुसेवा कार्यक्रम, वडा–वडामा प्रयोगाशाला सुविधा, टोल–टोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता दिइने छ ।’


यसैगरि ‘ग’ र ‘घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाह, प्रविधिमैत्री सूचना, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमिऐन बमोजिम कार्य प्रक्रिया अगाडी बढाउने, बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिक वडा नं –६ महाउत टोलमा सात सय मेटिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आ.व. मै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाईनेछ ।


साथै डुडुवा–२ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्र संचालन, पशुपती मा.वि. नौरीगौडीमा गा.पा. स्तरीय क्याम्पस स्थापना गर्न जग्गा प्राप्तिको आवश्यक प्रवन्ध गर्ने योजना गाउँपालिकाले अगाडी सारेको छ । साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रमा अग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ । प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना गरिनेछ भने न्यूनतम दरमा सवै डुडुवावासीलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहँुचमा वृद्धि गरिने भएको छ ।
‘कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण कार्यलाई निरन्तरता दिने नीति अघि सारेको गाउँपालिकाले कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकायसमेतको सहकार्यमा सिंचित क्षेत्रमा विस्तार गरिनेछ,’ पालिका अध्यक्ष चौधरीले पेश गरेको नीति तथा कार्यक्रममा अगाडी भनिएको छ, ‘उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रिम गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि गरिने छ ।’


सभामा डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७९ प्रस्तुत गरिएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि थप छलफल गर्न मंगलबार दिउँसो पुनः बैठक बस्ने गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा, मोहनराम मिश्र, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

Previous articleआठ जिल्लाका एसपी फेरिए : बाँके प्रहरी प्रमुखमा एसपी सन्तोषसिंह राठौरको सरुवा
Next articleनेपालगन्जमा सम्साँझै यसरी लुटिन्छन् सर्वसाधारण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here