बाँके, ४ पुस, २०७९ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीको सरुवा भएको छ । उनको लुम्विनी प्रदेस ट्राफिक प्रहरी कार्यालय बुटवलको प्रमुखमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनको ठाउँमा एसपी सन्तोषसिंह राठौर सरुवा भएर आउने भएका छन् । अधिकारीसँगै देसभरका २३ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ ।