बाँके, २४ मंसिर, २०७९ ।
इलाका प्रहरी कार्यालय जमुनाहले १० ग्राम खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती बजार रुपइडिहाबाट नेपालगन्ज आउँदै गरेका नेपालगन्ज उपमहानगरपालिका १७ नन्दैगाउँका २५ वर्षिय पप्पु रैदासलाई १० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका बरिष्ठ प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए ।
रुपइडिहाबाट आउँदै गरेका रैदासलाई शंकाको आधामा चेकजाँच गर्दा उनले लगाएको ट्राउजरमा खैरो हिरोइन फेला परेको उनले बताए । पक्राउ परेका रैदासलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले बताए ।