मटेहिया–सोनपुर सडकका लागि बजेट पठाउने प्रदेस सरकारको आश्वासन

बाँके, २१ मंसिर, २०७९ ।


लुम्विनी प्रदेस सरकारले मटेहिया–सोनपुरसम्मको सडक निर्माणका लागि वजेट दिने आश्वासन दिएको छ । सडक निर्माणका लागि सहयोग माग गर्न लुम्विनी प्रदेसको स्थायी राजधानी दाङ पुगेका नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई प्रदेस सरकारका अर्थ सचिव नेत्र सुवेदीले मटेहिया–सोनपुर सडक विस्तारका लागि एक साताभित्र बजेट पठाउने आश्वासन दिएको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।
नरैनापुरको समग्र विकासका लागि अध्यक्ष शाह सहितको टोलीले लुम्बिनी प्रदेसका मुख्यमन्त्री कुलप्रसाद केसी र अर्थ, सहकारी मन्त्री कृष्णध्वज खड्कालाई भेटेर विभिन्न माग राखेको उनले बताए ।
भेट्का अवसरमा मुख्य मन्त्री केसीले नरैनापुरको समग्र विकासका लागि लुम्विनी प्रदेस सरकार सहयोग गर्न तयार रहेको बताए । ‘नयाँ सरकार गठन हुनुभन्दा अघि नै प्रदेस सरकार नरैनापुरको विकासका लागि महत्वपूर्ण योजना सुरु गर्ने पक्षमा छ,’ उनले भने ।


सो अवसरमा गाउँपालिका अध्यक्ष शाहले अर्थ मन्त्री खड्कासँग हुलाकी सडक–रोसन पूर्वा र मटेहिया–सोनपुर रोड निर्माणका लागि बजेट माग गरेका थिए । अर्थ मन्त्री खड्काले दुई सडक मध्ये एउटा सडक निमार्णका लागि बजेट दिने अश्वासन दिएका थिए । ‘मन्त्री खड्का ज्यूले मन्त्रालयका सचिव नेत्र सुबेदीलाई नरैनापुरका अध्यक्ष नेतृत्व टोलीले माग गरेको सडक निर्माणका लागि रकम व्यवस्थापन गर्न निर्देशन दिनु भयो । सचिव सुबेदी ज्यूले सडक निर्माणका लागि चाहिने बजेट एक साता भित्रै पठाउने आश्वासन दिनु भयो,’ लेखापाल अधिकारीले भने ।
अध्यक्षसँगै बाँके क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेससभा सदस्य कृष्णा केसी (नमुना) पनि दाङ पुगेकी थिइन् ।

Previous articleनरैनापुरमा पेट्रोल पम्प संचालन : हट्यो भारत र नेपालगन्ज आउने बाध्यता
Next articleसुल्झेन सिकलसेल विरामीको समस्या : राज्यले दिने एकलाख रुपैँया सकिएपछि उपचारबाट बञ्चित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here