समाजमा उत्कृष्ट काम गर्ने १३ स्वयमसेविका सम्मानित (फोटोहरु)

बाँके, १९ मंसिर, २०७९ ।


१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर नेपालगन्ज उपमहानगरपालिकाले उत्कृष्ट काम गरेका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् ।
उनले उत्कृष्ट काम गर्ने ११ र ६० बर्ष पुगेका दुई जनालाई सम्मानसहित विदाई गरे । अवकाश पाएका दुई जनालाई जनही ७० हजार रुपैयाँसहित विदाई गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले जनताको घर आँगनमै पुगेर स्वास्थ्य सेवा लगायत अन्य सन्देश प्रवाह गर्ने महिला स्वास्थ्य स्वयंसेविकाको जति नै प्रंशसा गरेपनि कम हुने धारणा राखे । उनले स्वास्थ्य स्वयंसेविकालाई दिने सेवा सुविधा र सम्मानका लागि नेपालगन्ज उपमहानगरपालिका गम्भिर रहेको बताए । ‘स्वास्थ्य स्वयंसेविकालाई दिन सकिने सेवा सुविधाको बारेमा अध्ययन गर्न गठन भएको कार्यदलले काम गरिरहेको छ । मासिक २५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइसकेको छ,’ उनले भने ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, वडा अध्यक्ष, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका कोषकी अध्यक्ष नारायणी रुपाखेतीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सम्मान कार्यक्रम अघि विहान नेपालगञ्जमा र्याली निकालिएको थियो । नेपालगन्ज उपमहानगरमा एक सय ६८ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।




Previous articleविपन्न परिवारका तीन जना बालबालिकालाई पाँच वर्षसम्म पढाउने प्रदेस सांसद खत्रीको घोषणा
Next articleभुवरभवानी-बागेश्वरी-सन्तानेश्वर महादेव मन्दीरलाई जोडेर धार्मिक सर्किट बनाउने सांसद ढकालको योजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here