बाँके, १५ मंसिर, २०७९ ।
बढैयाताल गाउँपालिका वडा नं. ३ मा लैंगिक हिंसा विरुद्ध सचेतनामुलक र्याली निकालिएको छ । ३ नं. वडा कार्यालयले आयोजना गरेको सचेतनामुलक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीले लिंगको आधारमा कसैलाई विभेद गर्न नहुने बताइन् ।
उनले लिंगको आधारमा विभेद गरिए कानून बमोजिम कारवाही हुने बताउँदै पुरुषको तुलनामा महिलामाथि बढि हिंसा हुने गरेको बताइन् । ‘महिलाले पुरुषमाथि हिंसा गरेका उदाहरण पनि छन्, तर पुरुषभन्दा धेरै महिलामाथि हिंसा भएको तथ्यांकले देखाउँछ,’ उनले भनिन् ।

३ नं. वडा कार्यालयका कार्यवहाक अध्यक्ष चन्द्रकला विकले लिंगको आधारमा कसैलाई भेदभाव गर्न नहुने धारणा राखिन् । पछिल्लो समय लैंगिक हिंसा बढ्दै गएको बताउँदै उनले पुरुले महिलालाई र महिलाले पुरुषलाई समान दृष्टिले ब्यवहार गर्नुपर्ने बताइन् । ‘कुनै पनि बहानामा लिंगको आधारमा विभेद गरिनु हुँदैन,’ उनले भनिन् ।
कार्यक्रम अघि वडा विभिन्न भागमा सचेतनामुलक र्याली गरिएको थियो । र्याली तथा कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

