मतदाताको शिर झुक्न दिन्नौँ : संघीय सांसद ढकाल र प्रदेस सांसद चौधरी

बाँके, १४ मंसिर, २०७९ ।


प्र्रतिनिधिसभा बाँके निर्वाचन क्षेत्र नं. १ बाट विजयी सांसद सूर्य ढकालले आफ्नो क्षेत्रका बासिन्दालाई कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था मिलाइने बताएका छन् । स्थानीय तहको सिफारिसमा क्षेत्र नं. १ का बासिन्दालाई मेडिकल कलेजमा निशुल्क उपचारका लागि पहल थालिएको बताए ।
उनले समग्र बाँकेको विकासका लागि नीति, निर्माण गरिने बताउँदै निर्वाचनमा गरेका बाचा पूरा गर्न हरसम्भवको प्रयास गर्ने प्रतिवद्धता जनाए । उनले राप्ती नदि समस्या समाधानका लागि दीर्घकालिन योजना ल्याउने बताउँदै समग्र विकासका लागि भूमिका खेल्ने स्पष्ट पारे ।
प्रदेससभा सदस्य दुर्गाप्रसाद चौधरीले बदनाम हुने कुनै कार्य नगर्ने प्रतिवद्धता जनाए । उनले जनताको भावनाको कदर गर्दै विकासका योजना ल्याउने बताउँदै जनतासँग जनता कार्यक्रम संचालनमा ल्याउने स्पष्ट पारे । ‘म जनताका लागि राजनीति गरेको हुँ । जनतालाई सर्वोपरि ठानेर काम गर्ने प्रतिवद्धता जनाउँछु,’ उनले भने ।
पत्रकार भेट्घाट कार्यक्रममा एमाले क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटीका संयोजक बलराम भट्टराईले निर्वाचनमा साथ, सहयोग गर्ने सबै मतदाता, कर्मचारी, पत्रकार, नागिरक समाज लगायतलाई धन्यवाद दिए ।

Previous articleनेपालगन्ज आइसिपी निर्माण ६५ प्रतिशत पूरा : थपिएको समयमा पनि पूरा नहुने संकेत
Next articleलैंगिक हिंसा विरुद्ध बढैयातालको ३ नं. वडामा गरियो सचेतनामुलक कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here