पाँचौँ मेयर कप : बोहरालाई पुरुष एमटिभी र रुपालाई महिलातर्फको उपाधि

बाँके, १० मंसिर, २०७९ ।


पाँचौँं मेयरकप साइकल दौड प्रतियोगिताको पुरुषतर्फ ३५ किलोमिटर एमटिभीको उपाधि देवबहादुर बोहराले हात पारेका छन् । नेपालगन्जमा शनिवार भएको पाचौँ मेयरकप नेपालगञ्ज साइक्लोथन प्रतियोगितामा जंगु थारु दोस्रो र शिवप्रसाद थारु तेस्रो भएको नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
त्यसैगरी, महिलातर्फ ३५ किलोेमिटर एमटिभी प्रतियोगिताको उपाधि रुपा थारुले हात पारिन् । उक्त प्रतियोगितामा सीता सार्की दोस्रो र पार्वती सार्की तेस्रो भइन् ।
४० बर्ष माथिको एमटिभी मास्टर समुहमा प्रतिस्पर्धामा दिपक मल्ल प्रथम, बाबुराम बिश्वकर्मा दोस्रो र किरणप्रसाद श्रेष्ठ तेस्रो भएको सचिव प्रदिप सापकोटाले बताए ।
साधारण साइकल पुरुष तर्फको उपाधी रमेशकुमार थारुले जितेका छन् । भने, उक्त विधाको प्रतियोगितामा लिखनप्रसाद थारु दोस्रो र जुगलाल थारु तेस्रो भए । साधारण साइकल महिला तर्फको उपाधी इन्दिरा थारुले हात पारिन् । भने, मिनाकुमारी थारु दोस्रो र कल्पना सार्की तेस्रो भइन् ।
प्रतियोगितामा बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपालगन्जका मेयर प्रशान्त बिष्टले नगद÷मेडल र प्रमाणपत्र प्रदान गरे । एमटिभी पुरुष तर्फका प्रथम, द्वितीय र तृतीयलाई बिबि साइकल सेन्टर तथा महिला तर्फका विजेतालाई नेपालगन्ज बाइसाइकल्स प्रालिले विभिन्न जिन्सी उपहार प्रदान गरेको क्लबका सचिव तथा कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए ।
क्लबका अध्यक्ष निरौलाले प्रतियोगितामा बिजेतालाई बधाईका साथै सरोकारवाला निकाय, सहयोगी संस्थाहरु र नेपाल प्रहरीलाई धन्यवाद दिए ।
प्रतियोगितामा ६७ जना महिला–पुरुषले सहभागिता जनाएको आयोजकले जनाएको छ । नेपालगन्ज साइक्लिङ क्लवले संविधान दिवसको अवसर पारेर प्रतियोगिता गर्दै आएको छ । विशेष कारणले यस वर्ष प्रतियोगिता ढिला हुन गएको अध्यक्ष निरौलाले बताए ।

Previous articleबाँके प्रदेससभा १ (ख) : माओवादीका पूर्व डेपुटी कमाण्डर सन्तोष एमालेबाट विजयी
Next articleबाँकेमा एमाले पहिलो पार्टी बन्दा अन्य दलको अवस्था कस्तो छ ? (तथ्यांक सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here