बाँके, ९ मंसिर, २०७९ ।
बाँके निर्वाचन क्षेत्र नंं. १ प्रदेससभा (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी (सन्तोष) विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुलाई ७८७ मत अन्तरले पराजित गरेका हुन् । प्रदेससभा सदस्यमा विजयी चौधरी माओवादीका पूर्व डेपुटी कमाण्डर हुन् ।
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दुर्गाले १५ हजार ६६७ प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी फूलारामले १४ हजार ७८० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस अघि प्रदेससभा १ (क) मा माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) विजयी भएकी थिइन् ।
दुर्गाको जितसँगै एमालेले बाँकेमा दुई प्रदेससभा सदस्य जितेको छ ।
