बाँके ३ : कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी

बाँके, ८ मंसिर, २०७९ ।


प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् । उनी एमालेका किस्मतकुमार कक्षपतिलाई चार हजार ७९३ मतान्तरले पराजित गरेका हुन् ।
राठौरले २९ हजार ४० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले सात हजार ४३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नोयन्द्र धितालले चार हजार २८७ मत ल्याएका छन् ।
कुल एक लाख १३ हजार ३२२ मतदाता रहेको उक्त क्षेत्रमा ७३ हजार ९८९ मत खसेको थियो । खसेको मत मध्ये पाँच हजार ७७ मत बदर भएको थियो । निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रदेससभा ३ (ख) मा कांग्रेसका कुर्मी विजयी
बाँके निर्वाचन क्षेत्र नं. ३ अन्तरगत पर्ने प्रदेससभा ३ (ख) मा नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । कांग्रेस नेता कुर्मी दुई हजार ४८३ मतको अन्तरले निर्वाचित भएका हुन् ।
कुर्मीले १३ हजार ४३३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीम ओलीले १० हजार ९५० मत ल्याएका छन् । यस्तै, जनता समाजवादी पार्टी (जसपा) का विजयकुमार पाठकले चार हजार ४५१ मत ल्याएका छन् ।
कुल ५१ हजार ७२६ मतदाता रहेको उक्त प्रदेससभामा ३३ हजार ७ सय ३ मत खसेको थियो ।

Previous articleबाँके १ : खेलकुद मन्त्रीलाई पराजित गरि एमालेका सूर्य ढकाल विजयी
Next articleनरैनापुरमा आठ गुना कम धान उत्पादन : देखिन थाल्यो खडेरीको असर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here