बाँके १ : खेलकुद मन्त्रीलाई पराजित गरि एमालेका सूर्य ढकाल विजयी

बाँके, ८ मंसिर, २०७९ ।


प्रतिनिधिसभा बाँके क्षेत्र नं. १ मा एमालेका केन्द्रीय सदस्य सूर्यप्रसाद ढकाल पाँच हजार ३९४ मत अन्तरका साथ विजयी भएका छन् । उनले यूवा तथा खेलकुद मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् ।
ढकालले २५ हजार २६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी गहतराजले १९ हजार ६३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत प्राप्त गरी तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत पाएका छन् ।

Previous articleदाङ ३ प्रदेससभा (१) : काँग्रेसका डिल्लीबहादुर चौधरी विजयी
Next articleबाँके ३ : कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here