बाँके, ७ मंसिर, २०७९ ।
बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेससभा (१) मा एमालेका रत्न खत्री विजयी भएका छन् । उनले कांग्रेस र माओवादीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई पराजित गरेका हुन् ।
खत्रीले १३ हजार १५८ मत पाउँदा सुनारले ११ हजार ४६४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । टिकट नपाएपछि एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुनारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रचारप्रसारकै क्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
निर्वाचनमा तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारुले ९ हजार ५४७ मत पाएका छन् । माओवादी केन्द्रका आधिकारिक उम्मेदवार इन्द्रप्रसाद खरेल (आइपी) ले एक हजार ९९५ मतमा खुम्चिएका छन् ।