बाँके क्षेत्र नं. २ प्रदेससभा २ मा जसपाका आदेश र २ (१) मा भण्डारीलाल विजयी

बाँके, ७ मंसिर, २०७९ ।


बाँके क्षेत्र नं. २ प्रदेससभा (२) मा जनता समाजवादी पार्टीका आदेश अग्रवाल विजयी भएका छन् । मंगलवार मध्य रातमा सम्पन्न मत गणनामा उनले एमालेका निरक गुरुङलाई पराजित गरेका हुन् ।
अग्रवालले ८ हजार २४६ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी गुरुङले ६ हजार ७०९ मत पाए । लुम्विनी प्रदेसका वन मन्त्री सुरेन्द्रबहादुर हमाल तेस्रो भए । उनले ६ हजार २४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी, बाँके निर्वाचन क्षेत्र नं. २ प्रदेससभा (१) मा जनता समाजवादी पार्टीका भण्डारीलाल यादव विजयी भएका छन् । उनले एमालेका विजयबहादुर यादवलाई पराजित गरेका हुन् ।
उनले ११ हजार ५०४ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी विजयबहादुरले ९ हजार ३५८ मत पाएका छन् । उक्त निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार ७३१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेससभा सदस्यमा विजयी भएका यादव स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरीसँग अध्यक्षमा पराजित भएका थिए । उनका निकतम प्रतिद्वन्द्वी विजयबहादुर यादव यसअघि लुम्बिनी प्रदेसको मन्त्री भएका थिए ।

Previous articleबाँके प्रदेससभा ३ (१) मा एमालेका रत्न खत्री विजयी
Next articleबर्दिया २ : लालवीर चौधरी विजयी, को हुन लालवीर ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here