बाँके, ७ मंसिर, २०७९ ।
बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । उनी टिकापुर घटनाको योजनाकारको आरोप लागेका रेशमलाल चौधरीका बुवा हुन् ।
काठ्माडौँस्थित डिल्लीबजार कारागारमा जेल जीवन विताइरहेका रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका लालवीरलाई आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारेको थियो ।
ढकिया चुनाव चिन्ह नपाएपछि लालवीरले चपाकल (नल्का) चुनाव चिन्हबाट चुनाव लडेका थिए ।
उनी माओवादी केन्द्रको गढ मानिने राजापुर क्षेत्रबाट विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तलाई १ सय ३५ मतान्तरले पराजित गरे ।
चौधरीले २६ हजार ५२० मत प्राप्त गर्दा माओवादी केन्द्रका सुरेश पन्तले २६ हजार ३८४ मत प्राप्त गरे । एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मतमा चित्त बुझाए ।
लालवीर लामो समयदेखि एमालेमा थिए । उनी यसअघि आफ्नै छोरा रेशमलालसँग प्रतिस्पर्धा गरेका थिए ।
बर्दिया क्षेत्र नं. २ मा ९२ हजार ४१९ मत खसेको थियो ।