इस्तियाकको विरासत तोड्दै राप्रपाका डा. धवलशमशेर राणा विजयी

बाँके, ७ मंसिर, २०७९ ।


बाँके निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । उनले जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई पराजित गरेका हुन् ।
एमालेको साथ पाएका उनले २९ हजार ५७७ मत पाए । उनका निकतम प्रतिद्वन्द्वी जसपाका राईले २३ हजार ५२० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका सुदिपनरसिंह राणाले चार हजार ४०३ मत पाएर तेस्रो भएका छन् । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरीले एक हजार ३३३ मत पाए ।

Previous articleबाँके प्रदेससभा ३ (क) : एमालेका रत्न खत्री १७७२ मतले अगाडी
Next articleबाँके प्रदेससभा ३ (१) मा एमालेका रत्न खत्री विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here