बाँके, ६ मंसिर, २०७९ ।
बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेससभा (क) मा एमालेका रत्न खत्रीले मत अन्तर झनै फराकिलो पार्दै लगेका छन् । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार उनले पाँच हजार ८३६ मत पाएका छन् ।
उनलाई सत्तागठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ रहेको स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले पछ्याई रहेका छन् । सुनारले चार हजार १६४ मत पाएका छन् । सुनारभन्दा खत्री एक हजार ७७२ मतले अगाडी छन् । स्वतन्त्र उम्मेदवारी दिएका सुनार सत्तागठबन्धनले सघाउने सहमतिमा अन्तिम समयमा माओवादी केन्द्र प्रवेश गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारु दुई हजार ५६६ मतका साथ तेस्रो स्थानमा छन् । सत्तागठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) चौथो स्थानमा छन् ।