बाँके क्षेत्र नं. ३ मतगणना : एमालेका किस्मत कांग्रेसका किशोर भन्दा ६१२ मतले अगाडी

File Photo

बाँके, ५ मंसिर, २०७९ ।


बाँके प्रतिनिधिसभा क्षेत्र नं. ३ मा एमालेका किस्मतकुमार कक्षपतिले अग्रता कायमै राखेका छन् । वैजनाथ गाउँपालिका वडा नं. २ को तीन हजार ९२९ मत गणना हुँदा
कक्षपतिले एक हजार ८१६ र सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेसका किशोरसिंह राठौरले एक हजार २०४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४९३ मत पाएका छन् । प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ मा ७४ हजार २१३ मत खसेको छ ।

Previous articleबाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान
Next articleबाँके प्रदेससभा ३ (क) : स्वतन्त्र उम्मेदवार सुनारभन्दा एमालेका खत्री ११७७ मतले अगाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here