बाँकेमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बाँके, ४ मंसिर, २०७९ ।


बाँकेमा करिव ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । विहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा कुल ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख रमा पन्तले बताइन् । उनले मतदान केन्द्रबाट मत पेटिका संकलन गर्ने काम भइरहेको बताइन् । ‘सवै मत पेटिका संकलन भएपछि बास्तविक तथ्यांक थाह हुने छ,’ उनले भनिन् ।
यहाँ १ लाख ६ हजार ३२२ पुरुष र १ दुई लाख १२ हजार २४ महिला गरि दुईलाख १८ हजार ३४९ मत खसेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । ‘जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतपेटिका मतगणनास्थलमा ल्याउने काम जारी छ,’ उनले भने ।
बाँकेमा एक लाख ६८ हजार ८५३ पुरुष र एक लाख ६३ हजार ३६९ महिला गरि तीन लाख ३२ हजार २३१ मतदाता रहेका छन् ।

Previous articleनेपालगन्ज म्याराथनको पुरस्कार सार्वजनिक : प्रथमलाई एक लाख ५० हजार
Next articleबाँके क्षेत्र नं. ३ मतगणना : एमालेका किस्मत कांग्रेसका किशोर भन्दा ६१२ मतले अगाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here