म तपाईँहरुको सेवामा आफ्नो जिवन समर्पित गर्न चाहन्छु : उम्मेदवार निरक गुरुङ

‘मलाई जिताउनु भयो भने म काठमाडौँ र प्रदेस राजधानीका महंगा होटल र महलमा बस्ने छैन । काम परेको बेला बाहेक अन्य समय म तपाईहरुकै सेवामा विताउने कसम खान्छु,’ उनले भने, ‘नेताहरु जितेर गएपछि फर्केर आउँदैनन् भन्ने गुनासो गर्ने ठाउँ राख्ने छैन । म तपाईहरु कै सेवामा आफ्नो जिवन समर्पित गर्न चाहन्छु ।’

बाँके, १ मंसिर, २०७९ ।
उनी सरल छन् । मिजासिला छन् । दुख परेका बेला साथ दिन्छन् । अरुको सुखमा रमाउँछन् । निष्ठाको राजनीति गरेर ४० वर्ष विताए । उनैसँग राजनीतिमा लागेका अरुले आलिसान महल बनाए । गाडी चढ्ने भए । काठमाडौँमा घर र घडेरी जोडे । तर निष्ठाका राजनीति बाहेक अरु नजानेका उनै निरक गुरुङले अहिलेसम्म केहि पाएनन् । राजनीतिमा लागेर उनले अहिलेसम्म न त लाभको पद पाएका छन् न त आफ्ना परिवारका सदस्यलाई जागिरी नै खुवाउन सके ।
एमाले–राप्रपा गठबन्धनबाट बाँके क्षेत्र नं. २ प्रदेससभा (ख) का उम्मेदवार निरक गुरुङ जितेर गए पनि जनताको पसिनाको कदर गर्ने प्रतिवद्धता जनाएका छन् । उनले प्रदेससभा सदस्यमा विजयी भए पनि आफ्नो बास्तविक धरातल नविर्सिने कसम खाएका छन् । ‘मलाई जिताउनु भयो भने म काठमाडौँ र प्रदेस राजधानीका महंगा होटल र महलमा बस्ने छैन । काम परेको बेला बाहेक अन्य समय म तपाईहरुकै सेवामा विताउने कसम खान्छु,’ उनले भने, ‘नेताहरु जितेर गएपछि फर्केर आउँदैनन् भन्ने गुनासो गर्ने ठाउँ राख्ने छैन । म तपाईहरु कै सेवामा आफ्नो जिवन समर्पित गर्न चाहन्छु ।’
नियमभन्दा बाहिर गएर गरिने कामको उनी खुलेर विरोध गर्छन् । उनी विराउँ गर्दैनन्, तर विराउँ गर्नेलाई छोड्दैनन् पनि । त्यसैले त उनी निडर र निर्भिक नेताको परिचय बनाएका छन् । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान छ, तर म साना र ठूला सवैलाई समान कानून लाग्ने नीतिको विकास गर्ने छु,’ उम्मेदवार गुरुङले भने, ‘म गरिव छु र त गरिवको पक्षमा वकालत गर्दै आएको छु ।’
उनले प्रदेससभा निर्वाचनको प्रचारप्रसारका क्रममा मतदाता र शुभेच्छुकले दिएको माया, सान्त्वना र ढाडसले जित नजिक पुर्याएको बताए । चुनावका बेला एक कप चिया खुवाउने पैँसा मसँग नभए पनि मलाई भोट दिँदै हुनुहुन्छ । म यसैमा खुसी छु । जित्नेमा म ढुक्क छु । म जिते भने कुनै न कुनै दिन मतदाताको ऋण चुक्ता गर्ने छु,’ उनले प्रतिवद्धता जनाए ।
उनले पैँसासँग भोट नसाट्न आग्रह गरेका छन् । भोट किन्ने उम्मेदवारले भोली गएर मतदातासँग असुलउपर गर्ने बताउँदै उनले इमान्दार र कर्मठ उम्मेदवार रोजेर मतदान गर्न अपिल गरेका छन् । ‘सर्पले सर्पको खुट्टा देख्छ । हो, त्यस्तै गरिव र बास्तविक धरातल बुझेको ब्यक्तिले मात्र गरिव, दुखी, असहायको पीडा बुझ्न सक्छ,’ गुरुङले भने ।
उनले मतदातालाई पैँसा दिन नसके पनि सुख, दुखमा साथ दिएर भोटको कदर गर्ने प्रतिवद्धता जनाएका छन् । ‘नेताले दिएको पैँसा एक–दुई दिनको गर्जो टर्ला, तर त्यसले तपाई हाम्रो सन्तानसम्मलाई असर गर्न सक्छ । त्यसैले आफ्नो मान्छे को हो चिन्नुस र मतदान गर्नुस्,’ उनले भने, ‘पैँसाले केहि क्षण आनन्द आउला, तर उसले त्यो पैँसा तपाईले दिएको राजस्वमा आँखा लगाउन सक्छ । यसमा हामी होसियार हुन जरुरी छ ।’
उनले आफ्नो सेवक रोज्ने की मालिक रोज्ने जिम्मा तपाईको हातमा भएको बताए । ‘मसँग तपाई सिधा भेट्न सक्नु हुन्छ । कुरा राख्न सक्नु हुन्छ । धनी र अपरिचित ब्यक्ति भयो भने तपाईलाई भेट्न कठिन हुनेछ । यसमा ख्याल गर्न म सवै मतदातासँग आग्रह गर्दछु,’ गुरुङले भने ।

Previous articleबाँके क्षेत्र नं. २ मा अन्यभन्दा डा. धवल बलियो
Next articleनेपालगन्ज म्याराथनको पुरस्कार सार्वजनिक : प्रथमलाई एक लाख ५० हजार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here