बाँके क्षेत्र नं. २ मा अन्यभन्दा डा. धवल बलियो

बाँके, १ मंसिर, २०७९ ।


एमाले–राप्रपा गठबन्धनबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशमशेर राणा अन्य उम्मेदवारभन्दा लोकप्रिय देखिएका छन् । चुनावी अभियानका क्रममा उनको पक्षमा जनलहर बढेपछि अन्य उम्मेदवार कमजोर बनेका हुन् ।
मतको आधारमा बलियो ठानिएका कांग्रेस उम्मेदवार सुदीप नरसिंह राणालाई कांग्रेसभित्रबाटै असहयोग भएपछि डा. धवल अगाडी आएका छन् । चुनावी तामझाम गर्दै आएका जनता समाजवादी पार्टीका उम्मेदवार इस्तियाक राई पनि पछाडी पर्दै गएको विश्लेषण गरिएको छ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाको पक्षमा ग्रामिण टोल वस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका छन् । दुई कार्यकाल नेपालगन्ज उपमहानगरपालिकाको मेयर भइसकेका राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत सँगै व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।
राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्वर २ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ ।
नेकपा एमाले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके– २ मा डा. धवलशम्सेर राणा, प्रदेश क मा एमालेका बिजयबहादुर यादव र प्रदेश ख मा एमालेका निरकबहादुर गुरुङको जित सुनिश्चित देखिएको छ ।

Previous articleजनताको जित नै मेरो जित हो : इश्तियाक राई
Next articleम तपाईँहरुको सेवामा आफ्नो जिवन समर्पित गर्न चाहन्छु : उम्मेदवार निरक गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here