आज मध्य रातदेखि बाँकेमा मदिरा बिक्री वितरण र सेवन गर्न रोक

बाँके, १ मंसिर, २०७९ ।


४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनलाई मध्यनजर गरि बाँके प्रशासनले १ मंसिर विहीवारदेखि मदिरा विक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ।
आइतबार मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्रीमा रोक लगाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।
निर्वाचन सुरक्षालाई लक्षित गरी यस्तो निर्णय गरिएको शर्माले बताए ।
साथै, गणना सम्पन्न नभएसम्म्का लागि मतगणनास्थल आसपासमा मदिरा बिक्रीमा रोक लगाउने निर्णय भएको छ । ‘कसैले यो निर्णयविपरीत मदिरा बिक्री वितरण गर्ने, सेवन र ओसारपसार गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने छ,’ जारी सूचनमा उल्लेख छ ।
निर्वाचनको दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन चलाउन रोक लगाउने निर्णय पनि भएको उनले बताए ।

Previous articleउम्मेदवारको प्राथमिकतामा परेन द्वन्द्व पीडितको मुद्धा : मतदान नगर्ने चेनावनी
Next articleविहीवार मध्यरातबाट नेपालगन्ज नाका बन्द सँगै मौन अवधि सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here