आरोप-प्रत्यारोपमा उम्मेदवार : ‘मिथ्या’ आरोप प्रमाणित गर्न विपक्षीलाई इस्तियाकको चुनौती (हेर्नुस भिडियो)

बाँके, २३ कात्तिक, २०७९ ।


प्रतिनिधिसभा बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले भ्रष्टाचार गरेको आरोप पुष्टि गर्न विपक्षी दलका उम्मेदवारलाई चुनौती दिएका छन् । भोट तान्ने नाममा कसैको चरित्र हत्या नगर्न सुझाव दिए । उनले रकम बाँडेको आरोप लगाउने उम्मेदवारले नै खुलेआम रुपैँया बाँडेको भिडियो सार्वजनिक भएपछि लाज पचाउन आफूमाथि झुठा आरोप लगाएको जिकिर गरे । ‘जो आरोपित हो, उसैले अरुलाई आरोप लगाउनु हास्यासपद हो । भ्रष्टाचार गर्ने उम्मेदवारले नै अरुलाई भ्रष्टाचार गरेको आरोप लगाउनु आरोपबाट पञ्छिने उपाय बाहेक केहि हुन सक्दैन,’ पूर्व मन्त्री समेत रहेका राईले भने ।
भिडियो :


उनले आफूले राजनीतिबाट नभई ब्यापार गरेर पैँसा आर्जन गरेको स्पष्ट पारे । राजनीति गर्नु अघिदेखि आफूले ब्यापार गर्दै आएको दावी गर्दै उनले नेपालगन्ज उपमहानगरको पाँच वर्षे कार्यकालमा भएका भ्रष्टाचारका धेरै उजुरी अख्तियारमा छानविनको क्रममा रहेको बताए । ‘भ्रष्टाचार गर्नु आमाको रगत पिउनु सरह हो भन्ने ब्यक्तिले नै भ्रष्टाचार गरेको सुन्दा लाज लागेर आउँछ,’ उनले भने ।
उनले नेपालगन्जका निवर्तमान मेयरका कारण संसदिय विकास कोषको रकम फ्रिज भएको गुनासो गरे । ‘कोरोना कहरका बेला भेन्टिलेटर खरिदका लागि भेरी अस्पताललाई एक करोड रुपैँया दिएको थिएँ, तर नेपालगन्जका निवर्तमान मेयरका कारण भेन्टिलेटर खरिद गर्न नसकेर फ्रिज भएर गयो । जसको मार विरामीले खेप्न पर्यो,’ राईले भने ।
उनले विपक्षी दलका उम्मेदवारले ‘शिलान्यास मन्त्री’ भनेर लगाएको आरोप प्रति आक्रोस पोखे । वजेटको सुनिश्चिता गरेर मात्र योजनाको शिलान्यास गरेको उल्लेख गर्दै उनले योजना निर्माणको काम सुरु भएदेखि आरोप लगाउनेको मुखमा बुजो लागेको जिकिर गरे । ‘जुमुनाह–कोहलपुर सडक खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्रेको काम सुरु भएपछि शिलान्यास मन्त्री भन्नेहरुको बोली बन्द भएको छ,’ पत्रकार सम्मेलनमा राईले भने, ‘म जे बोल्छु त्यो गरेर देखाउँछु । आरोप लगाउनेहरु लगाउँदै गर्नुस म साँस रहुँजेल बाँकेबासीको सेवा गरिरहने छु ।’
भिडियो :


इस्तियाकले आफ्नो १० दृष्टि सार्वजनिक गरेका छन् । उनले स्वस्थ जीवन–देसकै धन, कृषि र किसान, यूवा शक्ति–विकास र रोजगारी, खेल र खेलाडी तथा सामाजिक सुरक्षा जस्ता योजना अघि सारेका छन् ।
त्यसैगरी, वातावरण–हर जीवको जीवन, पूर्वाधार विकास–समृद्धिको आधार, पर्यटक र पर्यटन–अवको आर्थिक आधार तथा समुन्नत सहर–सम्मानित ब्यवसाय जस्ता योजनालाई प्राथमिकता दिएका छन् ।

Previous articleधिताललाई भेरी अस्पतालको अध्यक्षको काम गर्न दिनू : सर्वोच्च अदालत
Next articleराप्ती नदी समस्या : उम्मेदवारको अभिष्ट पूरा गर्ने मुख्य अस्त्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here