निर्वाचनपछि पनि कांग्रेस सरकार बन्ने प्रवक्ता महतको दावी

बाँके, १८ कात्तिक, २०७९ ।


नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले पाँच दलिय गठबन्धनका उम्मेदवारलाई निसंकोच मतदान गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अहिलेको निर्वाचन प्रतिगमन विरुद्ध केन्द्रित रहेको बताउँदै प्रवक्ता महतले कुनै संकोच नमानेर सत्तागठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रवार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ४ मंसिरमा हुने निर्वाचनपछि पनि कांग्रेस नेतृत्वको सरकार बन्ने जिकिर गरे । ‘नेपाली जनताले कांग्रेस नेतृत्वकै सरकार चाहेकोले गठवन्धनका उम्मेदवारलाई जिताउन जरुरी छ,’ उनले भने ।
दीगो विकास, स्थायित्व, संविधान रक्षा र समृद्धिको लागि कांग्रेसले जित्न आवश्यक रहेको उनको भनाई थियो । कांग्रेस बाहेक देसको विकास गर्ने क्षमता अन्य दलमा नभएको बताउँदै उनले कांग्रेसले हारे देसले हार्ने ठोकुवा गरे ।
उनले यो र त्यो पार्टी नभनी सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न उनले कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिए । ‘असन्तुष्टिलाई विर्सेर सत्तागठवन्धन दलका उम्मेदवारको पक्षमा मतदान गर्ने दायित्व आम कांग्रेस नेता, कार्यकर्ताको दायित्व हो,’ उनले भने ।

Previous articleचामल आयातमा नेपालगन्ज भन्सारको कडाई (फोटो र भिडियो)
Next article‘सूर्य’ चम्किएपछि माओवादी केन्द्रका ‘अथक’ लाई विरासत गुम्ने डर (कस्तो छ अंक गणित ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here