बाँके, १२ कात्तिक, २०७९ ।
बाँके प्रहरीले जमुनाह नाकाबाट करिव ६ ग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालको नेतृत्व टोलीले करिव ६ ग्राम खैरो हिरोइनसहित दुई जनालाई शनिवार दिउँसो पक्राउ गरेको हो ।
सिमावर्ती बजार रुपइडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका खजुरा गाउँपालिका ७ गुनानाका ३२ बर्षिय लोटा तेलीको साथबाट एक ग्राम ५०० मिलिग्राम खैरो हिरोइन बरामद गरेको रिजालले जानकारी दिए । तेलीले जिन्स पाइन्टको दायाँ खल्तीमा लुकाईछिपाइ गरि ल्याउने क्रममा चेकजाँच गर्दा लागुपदार्थ फेला परेको रिजालले बताए ।
त्यसैगरी, बबई गाउँपालिका ५ हापुरे, दाङका २५ बर्षिय छविराम ओली पनि लागुऔषधसहित पक्राउ परेका छन् । चार ग्राम लागुऔषध खैरो हिरोइन जुत्ताको मोजाभित्र लुकाएर ल्याउँदै गर्दा ओली पक्राउ परेको रिजालले बताए ।
पक्राउ परेका दुवै जनालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।