स्वतन्त्र उम्मेदवार दिवाकर खनालको चुनावी अभियान : ग्रामिण क्षेत्रपछि शहर केन्द्रित

बाँके, ८ कात्तिक, २०७९ ।


४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर शर्मा खनालले आफ्नो चुनावी अभियानलाई सहर केन्द्रित गरेका छन् । गाउँ केन्द्रित अभियान सकाएर उनले चुनावी अभियानलाई सहर केन्द्रित बनाएका हुन् ।
रोचक शैलीमा चुनावी कार्यक्रम संचालन गर्दै आएका उनलाई घर आँगनमा देखेपछि सर्वसाधारण हर्षित हुने गरेका छन् । नेपाललाई हिन्दू राज्य घोषणा र राजसंस्था पुनस्र्थापनाको मुद्धा लिएर खनालले प्रतिनिधि सभा बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको चुनाव चिन्ह अर्ना रहेको छ ।
जित र हारभन्दा हिन्दू एकताका लागि आफूले उम्मेदवारी दिएको खनालको भनाई छ । ‘धर्मको नाममा राजनीति गर्नेहरुको विरुद्धमा मेरो उम्मेदवारी हो, हामी धर्मको पक्षमा इमान्दार रहनुपर्दछ,’ उनले भने ।
नेपाल शिवसेना लगायतका संगठनको साथ र सहयोग रहेको छ ।

Previous articleतिहारमा पनि एमालेका उम्मेदवार मतदाताको घरदैलोमा ब्यस्त
Next articleडिल्लीबहादुर चौधरी : उज्यालो समाज निर्माता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here