तिहारमा पनि एमालेका उम्मेदवार मतदाताको घरदैलोमा ब्यस्त

बाँके, ८ कात्तिक, २०७९ ।


नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा र प्रदेससभा सदस्य उम्मेदवारहरु तिहारका बेला पनि प्रचार प्रसारलाई तीव्र पारेका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति तथा प्रदेसभा (क) का उम्मेदवार रत्न खत्री र प्रदेसभा (ख) का उम्मेदवार भीम ओली तिहारका बेला पनि घरदैलो अभियानमा व्यस्त रहेका छन् ।
मंगलवार प्रतिनिधिसभा सदस्यका उम्मेदवार कक्षपति र प्रदेससभा (क) का उम्मेदवार खत्रीले क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ६ र ७ का विभिन्न बस्तीमा पुगेर मतदाता भेट्घाट गरेको एमाले बाँके उपाध्यक्ष डिल्ली विसीले बताए ।
मतदाताको घरदैलोमा पुगेका उम्मेदवार कक्षपति र खत्रीलाई सर्वसाधारणले हातेमालो गर्दै साथ दिएको उनले बताए । घरदैलो र भेट्घाट अभियानका बेला मतदाताले गरेको समर्थन र सहयोगले उत्साहित बनाएको प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ का एमाले उम्मेदवार किस्मतकुमार कक्षपतिले बताए । उनले मतदाताको साथले उत्साहित भएको बताए ।
क्षेत्र नं. ३ प्रदेसभा (ख) का उम्मेदवार भीम ओली तिहारमा कला संस्कृतिको जर्गोना गर्दै खेलिने देउसी भैलो र स्थानीय स्तरमा तिहारका अवसरमा संचालित फुटवल लगायत खेलकुदका कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । उनले खेलाडी र सांस्कृतिक टोलीलाई हौसला प्रदान गर्दै आपसी सम्बन्धलाई मजबुद पारिरहेका छन् ।
खजुरा ६ र ७ का विभिन्न टोलबस्तीमा रहेका संघका उम्मेदवार कक्षपति र प्रदेससभा (क) का उम्मेदवार खत्रीलाई निवर्तमान वडाध्यक्ष अतिउल्लाह खाँ र साविर अलि वेहना, एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा, घननाथ खनाल, बैजनाथ गाउँपालिका कमिटी सचिव प्रेम सुवेदी, युवा नेता सुनिल रसाइलीलगायतले घरदैलो अभियानमा साथ दिएको एमाले उपाध्यक्ष विसीले बताए ।

Previous articleतिहारको सामान किनमेल गरेर फर्किने नेपालीको नाकामा थामी नसक्नु भीड (फोटोहरु)
Next articleस्वतन्त्र उम्मेदवार दिवाकर खनालको चुनावी अभियान : ग्रामिण क्षेत्रपछि शहर केन्द्रित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here