बर्दियामा एमालेको लक्ष्मण रेखा कोर्दै ज्ञवाली

बाँके, ४ कात्तिक, २०७९ ।


०३७ साल ताका बाँके र बर्दिया तर्फ चालेका पाईला एक जना कम्युनिष्ट कार्यकर्ता यतिबेला राष्ट्रियता र देशको विकासका लागि चुनावी मोर्चामा बर्दियामा उम्मेद्वार छन् । अर्थात उनि हुन लक्ष्मण ज्ञवाली ।
वि.सं. ०३८ सालदेखि कम्युनिष्ट आन्दोलनका अथक यात्री ज्ञवाली संसदीय ब्यवस्थामा चुनावी मैदानमा होमिएका छन् ।
बर्दियाको राजनीतिक गतिविधिमा सक्रिय रहेका ज्ञवाली ०४४ साल ताका बाँके– बर्दिया माले संयुक्त जिल्ला कमिटीमा आवद्ध भएर संगठनको काममा खटिएका हुन् उनी । उनको सादगी र संगठनको निरन्तरता लोभ लाग्दो छ ।
संगठनमा काम गर्दा ६ वर्ष दांगको जेलमा बसे । लोकतन्त्र प्राप्तिका लागि भएका हरेक आन्दोलनका अग्रणी मोर्चामा जनताको अधिकारका लागि रहेर काम गरेका ज्ञवाली पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा लागेका कारण नेपालगन्जमा डेढ वर्ष कारावास बस्नु परेको थियो ।
नेकपा एमालेको केन्द्रिय स्कुल विभागमा लामो समय काम गरेको अनुभवले पनि उनीमा कम्युनिष्ट ब्यवहार, आचरण र संगठन परिचालनको गुण पर्याप्त छन् ।
कर्णालीको विकटतामा पनि संगठनका लागि समय खर्चेका ज्ञवाली संगठनमा अहोरात्र खटिएका नेता हुन् ।
बर्दिया १ मा सासंद पदका लागि एमालेका तर्फबाट उम्मेद्वारी दिएका छन् ज्ञवालीले । सत्तारुढ दलहरुसँग राजनीतिक र विकासका कुनै योजना नै नभएको दावी गर्दै आफ्नो दलले चुनाव जित्ने आधारका रुपमा राष्ट्रियता र देशको विकास गर्ने खाका रहेको समेत बताउँछन ज्ञवाली ।
यतिबेला ज्ञवाली लड्दै गरेको क्षेत्र अघिल्लो पटकको संसदीय निर्वाचनमा एमालेका वामदेव गौतमलाई नेपाली कांग्रेसका सञ्जय गौतमले पराजित गरेको क्षेत्र हो ।
कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गर्दा एमालेका वामदेवले ४४ हजार ७६ मत पाएका थिए । चुनावी अभियानमा मतदाताहरुसँग ज्ञवाली भन्छन्, ‘हामीले विकास र राष्ट्रियताका विषयमा कुनै सम्झौता गर्दैनौँ ।’
सत्तारुढ गठबन्धनसँग प्रधानमन्त्री आलोपालो बाँड्ने नेताहरुको सहमति बाहेक जनताको विषयमा कुनै साझा धारणा नभएकाले भ्रममा नपर्न आग्रह गर्दै ज्ञवालीले भने, ‘सिद्धान्त र कार्यशैली नमिल्ने दलहरुको सत्ता गठबन्धन अप्राकृतिक हो ।’
नेकपा एमाले केन्द्रिय कमिटी सदस्य रहेका ज्ञवाली लुम्विनी प्रदेश सह–इन्चार्ज हुन् । उनी बर्दिया जिल्ला इन्चार्जको भूमिकामा छन् ।
सुकुम्वासी र गरिव जनताको अधिकार प्राप्तिको आन्दोलमा उर्जा थप्न उनी कहिल्यै चुक्दैनन् ।
बर्दिया निकुञ्ज प्रभावित जनताको हकका लागि उनी अहिले पनि लागिपरेका छन् । नेकपाको सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारामा देशलाई गोलबद्ध बनाउने लक्षमण रेखा कोर्न प्रयासरत छन् बर्दिया १ का एमाले उम्मेद्वार ज्ञवाली ।

Previous articleसूर्यको प्रतिवद्धता–चप्परगौडी-खड्गवार-घुइयाबारी सडक निर्माण
Next articleबाँकेमा चुनावी अभियान तीव्र, उम्मेदवारहरु मतदाता भेट्घाटमा ब्यस्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here