प्रतिनिधिसभा सदस्य निर्वाचन : राईले थाले घरदैलो अभियान

बाँके, १ कात्तिक, २०७९ ।


जनता समाजवादी पार्टी (जसपा) बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले चुनावी अभियान थालेका छन् । उनले बुधवारदेखि चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
बुधबार बिहान नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु गरेको उनको सचिवालयले जनाएको छ । जसपाका नेता तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार राई लगायतले चुनावी अभियान गरेका छन् ।
त्यस क्रममा उम्मेदवार राईले घर–घरमा गएर मतदातालाई भेटेको बताए । उनले आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए ।
घरदैलोका क्रममा स्थानीयले उम्मेदवार राईलाई स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।
निर्वाचन क्षेत्रका सबै वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेको जसपाले प्रचार प्रसारलाई तीव्रता दिएको छ । घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’ का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकतर्फका उम्मेदवारलगायत जिल्ला स्तरीय नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

Previous articleजनताले मन–मस्तिष्कमा बसालेका ‘चम्किला सूर्य’, को हुन् सूर्य ?
Next articleअन्ततः भेरी अस्पताल परिसरसँग जोडिएका सटर भत्काउन रेड्क्रस सहमत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here