स्वतन्त्र उम्मेदवार सुनार माओवादी केन्द्रमा प्रवेश, आइपी खरेलको आयो यस्तो प्रतिक्रिया

बाँके, ३१ असोज, २०७९ ।


नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बाँके क्षेत्र नं. ३ प्रदेस सभा (क) का स्वतन्त्र उम्मेदवार समेत रहेका सुनार सोमवार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनी संविधानसभा सदस्य हुन् ।
उनलाई माओवादी केन्द्रकी नेतृ पूर्णाकुमारी सुवेदीले पार्टी प्रवेश गराएकी हुन् । सत्ता गठबन्धन दलले एकीकृत समाजवादीलाई बाँकेमा एक सिट पनि नदिएपछि उनले प्रदेससभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उक्त क्षेत्रमा प्रतिनिधि सभा र प्रदेससभा सदस्यमा कांग्रेस–माओवादी वीच तालमेल भए पनि एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुनारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सुनारले स्वतन्त्र उम्मेदवारी दिएको प्रदेससभा निर्वाचन क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) उम्मेदवार छन् ।
खरेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका ३० बढि नेता, कार्यकर्ताले राजिनामा दिएका छन् । उनीहरुले सुनारलाई साथ दिँदै आएका छन् । उनी माओवादी केन्द्रमा प्रवेश गरेसँगै उक्त क्षेत्रमा राजनीतिक समिकरण बदलिएको छ ।
यसैवीच, प्रदेससभा सदस्य पदका उम्मेदवार आइपी खरेलले सत्तागठबन्धन दलको आफूनै आधिकारिक उम्मेदवार भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । उनले फेसबुक स्ट्याटस मार्फत आफूनै आधिकारिक उम्मेदवार भएकोले भ्रममा नपरि प्रचारप्रसारमा लाग्न भनेका छन् । ‘हामी सवै भ्रमबाट मुक्त होऔँ, पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गरौँ,’ उनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

Previous articleतीन बर्षिय बालक फेला पारेर प्रहरीले लगायो अभिभावकको जिम्मा
Next articleबाँके प्रदेससभा ३ (क) मा माओवादी केन्द्रको दुई उम्मेदवार, उम्मेदवारी नछाड्ने दुवैको स्पष्टोक्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here