तीन बर्षिय बालक फेला पारेर प्रहरीले लगायो अभिभावकको जिम्मा

बाँके, ३१ असोज, २०७९ ।


इलाका प्रहरी कार्यालय जमुनाहले हराएको बच्चा फेला पारेर सम्बन्धित परिवारको जिम्मा लगाएको छ । नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका तीन बर्षिय बालक हस्नेत राईलाई सीमावर्ती बजारमा फेला पारेर उनका अभिभावकलाई बुझाईको इलाका प्रहरी कार्यालय जमुनाहका सह–इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले जानकारी दिए ।
हस्नेत राई रुपइडिहा बजारमा रोइरहेको फेला पारेपछि स्थानीय अहेमेहबुबले ति बालकलाई जमुनाह प्रहरीलाई बुझाएका थिए । ‘हामीले बालकलाई उनका आमा सोनी राईको जिम्मा लगाएका छौँ,’ असई विकले भने ।

Previous articleदीन-दुखीका सारथी ‘अमर खड्का’ (को हुन् अमर ?)
Next articleस्वतन्त्र उम्मेदवार सुनार माओवादी केन्द्रमा प्रवेश, आइपी खरेलको आयो यस्तो प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here