बाँकेका चार उम्मेदवार, जसले आफैलाई भोट हाल्न पाउने छैनन्

बाँके, २९ असोज, २०७९ ।


बाँकेका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रतिनिधि सभा र प्रदेस सभाका चार जना उम्मेदवारले आफूले आफैलाई मतदान गर्न नपाउने भएका छन् । उम्मेदवार रहेको क्षेत्रभन्दा बाहिर मतदाता नामावली भएकोले उनीहरुले आफूले आफैलाई मतदान गर्न नपाउने भएका हुन् ।
बाँके निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरसिंह राठौरले आफूलाई भोट दिन पाउने छैनन् । उनको मतदाता नामावली बर्दियामा छ । राजापुर नगरपालिका ६ स्थित प्राथमिक विद्यालय जोगीगाउँ मतदान केन्द्रमा उनको मतदान नामावली छ ।
माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आइपी) ले पनि आफूले आफैलाई मतदान गर्न नपाउने भएका छन् । उनी बाँके क्षेत्र नं. ३ प्रदेस सभा (क) को चुनावी मैदानमा छन् । उनको मतदाता नामावली खजुरा गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय एल गाउँमा छ । प्रदेस सभाको अघिल्लो निर्वाचनमा पनि उनले आफूलाई मतदान गर्न पाएनन् ।
त्यसैगरी, एमालेबाट बाँके क्षेत्र नं. ३ प्रदेस सभा (क) का उम्मेदवार रत्न खत्रीले पनि आफूलाई मतदान गर्न बञ्चित हुने भएका छन् । उनको मतदाता नामावली खजुरा गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गुँरासपुरमा छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटै भए पनि उनी उम्मेदवार रहेको प्रदेस सभा निर्वाचन क्षेत्र फरक परेकोले मतदान गर्नबाट उनी बञ्चित हुने भएका हुन् ।

माओवादी केन्द्रबाट बाँके क्षेत्र नं. १ प्रदेस सभा (क) की उम्मेदवार कृष्णा केसी (नमुना) ले पनि आफूलाई मतदान गर्न नपाउने भएकी छन् । उनको मतदाता नामावली राप्तीसोनारी गाउँपालिका ९ स्थित जनता मावि बैजनाथपुरमा छ । उक्त वडा बाँके क्षेत्र १ प्रदेस सभा (ख) मा परेपछि उनी पनि आफूलाई मतदान गर्नबाट बञ्चित हुने भएकी छन् ।

Previous articleराजनीतिमा अब्बल, जनतामा लोकप्रिय ‘रत्न’
Next articleराजनीतिमा ४० वर्ष विताएका ‘सादगी नेता’ निरक गुरुङ, को हुन् निरक ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here