बर्दिया क्षेत्र नंं. १ मा काँग्रेस विवाद : गौतमको उम्मेदवारी कायम

बर्दिया, २५ असोज, २०७९ ।


प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बर्दिया क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा निवर्तमान सांसद सञ्जय गौतमको उम्मेदवारी कायम भएको छ । उनको उम्मेदवारी कायम भए सँगै नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरको उम्मेदवारी खारेज भएको छ ।
पार्टीको आधिकारिक उमेद्वार आफू रहेको भन्दै २३ असोजमा गौतम र राठौरले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएका थिए । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७९ को दफा १९ को उपदफा ९ बमोजिम राजनीतिक दलले उम्मेदवारका लागि एउटै पदमा एक भन्दा बढि व्यक्तिको लागि औपचारीक पत्र प्रदान गरेमा जसले पहिला मनोनयन पत्र दर्ता गर्यो उसैको उम्मेदवारी कायम रहने व्यवस्था भए बमोजिम पहिले दर्ता गरेका गौतमको मनोनयन पत्र सदर भएको बताए ।
मनोनयन पत्र दर्ता गर्दा दर्ता कितावमा गौतमको ६ नं. र राठौरको ७ नं. मा दर्ता भएको तथा कम्प्युटरमा प्रविष्ट गर्दा गौतमको नाम प्रविष्ट भएको र राठौरको नाम प्रविष्ट गर्दा कम्प्युटर सिस्टमले नलिई आयोगमा नै दर्ता नभएको देखिएको सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए ।
मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीको फैसला अनुसार बर्दिया क्षेत्र नं. १ को नेपाली काँग्रेसको उम्मेदवार गौतमको कायम भएको र राठौरको उम्मेदवार कायम हुन नसकी दावी विरोध पनि नठहर्ने देखिएको सहायक निर्वाचन अधिकृत बरालले बताए ।
यस अघि जिल्ला सभापति राठौरले आधिकारिक उमेदवार आफू रहेको भन्दै केन्द्रीय सदस्य गौतम विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दावी विरोध पेश गरेका थिए ।

Previous articleराप्ती नदीमा पानीको सतह खतराभन्दा माथि, सजगता अपनाउन प्रशासनको आग्रह
Next articleबाँकेमा बाढीको कहर : आठ हजार ७०३ परिवार प्रभावित, एक हजार १४३ परिवार विस्थापित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here