सल्यान जिप दुर्घटनामा आठ जनाको मृत्यू

फाइल तस्वीर । गुगलबाट साभार ।

बाँके, १२ असोज, २०७९ ।


सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यू भएको छ । राप्ती राजमार्ग अन्तरगत कपुरकोट गाउँपालिका ३ मुलपानी भन्ने ठाउँमा रा १ ज ५६३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार आठ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिका ९ ढकेरीस्थित आफन्तको घरमा विवाह खाएर रिमतर्फ जादै गरेको उक्त जिपमा सवार ९ जना मध्ये सात पुरुष र एक महिला गरि आठ जनाको घटनास्थलमै मृत्यू भएको सल्यान प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
आज विहान ३ः३० बजेको समयमा दुर्घटना भएको जिप सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि कपुरकोट प्रहरी चौकीका प्रहरी नायव निरीक्षक नेत्रबहादुर नेपालीको कमाण्डमा ५ जनाको टोली र इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक प्रेमबहादुर बोहोराको कमाण्डमा सात जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दामोदर केसीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय लुहामबाट १६ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट करिव ४० किलोमिटर पूर्वमा रहेको छ । मृतकको सनाखत हुन अझैँ बाँकी रहेको प्रहरीले जनाएको छ ।

Previous articleदसैँमा नाँचिने सख्या नाँच : पृथ्वी उत्पत्तिदेखि महाभारतको कथा
Next articleभेरी अस्पतालमा राजनीतिक हस्तक्षेत्र : २० बर्षमा फेरिए १४ अध्यक्ष र १४ मेडिकल सुपरिटेन्डेन्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here