आफ्नै भवन बनाउँदै बास नेपाल

बाँके, १० असोज, २०७९ ।


बागेश्वरी असल शासन क्लब (बास नेपाल) को केन्द्रिय कार्यालय भवनको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टसहितको टोलीले शिलान्यास गरेका छन् । समाजसेवी जग्गा दाता माधवराम बर्माले बासको केन्द्रिय कार्यालय भवन निर्माण गर्न नेपालगन्ज उपमहानगरपालिका १८ भुजईगाँउमा जग्गा दान गरेपछि भवन निर्माणको काम अगाडी बढेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।
घटस्थापनाको शुभ साइतमा सोमवार बिहान ९ः३४ बजेको समयमा मेयर विष्ट, निवर्तमान मेयर डा. धवल शमशेर राणा, बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी र बास केन्द्रीय कार्यालय भवन निर्माण समिति संयोजक तथा बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले संयुक्त रुपमा भवन शिलान्यास गरेको उनले बताए ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर विष्टले सिंगो देशका लागि भ्रष्टाचार ठुलो चुनौतीको रुपमा अगाडी आएको बताए । उनले भ्रष्टाचार बिरोधी आवाज थप बुलन्द पार्न जरुरी रहेको बताए । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने अभियान थाल्नु पर्नेमा उनको जोड थियो ।
निवर्तमान मेयर डा. धवल शमशेर राणाले लामो समयदेखि सुशासनका पक्षमा काम गर्ने संस्थाले आफ्नै भवन बनाउन लागेकोमा खुसी लागेको बताए । बासको अभियान युवाहरुका लागि उपलब्धीपूर्ण रहेको भन्दै भ्रष्टाचार गर्ने ब्यक्तिलाई सामाजिक बहिष्कार गर्न सबैलाई अपिल गरे ।
यसैगरी कार्यक्रमका अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले शुभकामना मन्तब्य राखेका थिए ।
यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय सदस्य झलक गैरेले बासको भवन शिलन्यासको अवसरमा शुभकामना ब्यक्त गरे । संस्थागत अभ्यासको विउ कार्यालय भवन भएकाले भ्रष्टाचार बिरुद्धको अभियानमा थप बल पुग्ने बताए । कार्यालय निर्माणले आफ्नो तर्फबाट हुने सहयोगका लागि तयार रहेको उनको प्रतिबद्धता थियो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्टिय उपाध्यक्ष निरज गौतम, नेपाल पत्रकार महासँघ बाँकेका सचिब कमल डांगी, बिग्रुपका अधयक्ष टेक बहादुर पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले सानो समुहबाट शुरु भएको संस्था यहाँसम्म आपुग्दा सम्म थुप्रै चुनौँतीहरुको सामना गरेको स्मरण गर्दै कार्यालय भवनको शिलन्यासबाट संस्थागत सुदृढीकरणको सपना पुरा गरेको बताए । एक बर्ष भित्र कार्यालय भवन सञ्चालन गर्ने लथ्य लिएको जनाउदै भवन निर्माणमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए । बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।

Previous articleनागरिकता विधेयक रोकेका कारण देश जोगियो : नेमकिपा सचिव सुवाल
Next articleई-पालिकाको पहिलो भर्जन सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here