विकृति न्यूनिकरण गर्न दंगीशरणमा ड्रिम्स यूवा क्लव गठन, अध्यक्षमा अविसेक चयन

दाङ, ३ असोज, २०७९ ।


संविधान दिवसको अवसर पारेर दंगीशरण गाउँपालिका १ का यूवाले यूवा क्लव गठन गरेका छन् । समाजमा विद्यमान विकृति हटाई सभ्य तथा शान्त समाज निर्माण गर्न दंगीशरण गाउँपालिका १ बाँकीबेटारपुरका यूवाले ड्रिम्स यूवा क्लव गठन गरेका हुन् ।
वडामा रहेका यूवा तथा बुद्धिजिवी, समाजसेवा र अगुवाहरु सम्मिलित भेलाले अविसेक डाँगीलाई अध्यक्ष चयन गरेको छ । भेलाले उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः बालकृष्ण डाँगी, सुनिता ओली, कमल बिश्वकर्मा र पुकार ओलीलाई चयन गरेको अध्यक्ष डाँगीले जानकारी दिए ।
उनका अनुसार, सदस्यमा गोपाल बि.क, कविता भण्डारी, दिनेश भण्डारी, सुधा बस्नेत, सुमन नेपाली, खेमराज ओली, जमुना बस्नेत, दिपक बस्नेत, अर्जुन केसी, सरिता वली, डिला वली, प्रविण बस्नेत, किरण डाँगी लगायत चयन भएका छन् । क्लवको सल्लाकारमा माधव बिकलाई राखिएको उनले बताए ।
कानुनी मान्यता दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिने बताउँदै अध्यक्ष डाँगीले दसँैको अवसर पारेर खेलकुद प्रतियोगिता गरिने बताए । ‘खेलकुदको माध्यमबाट समाजमा रहेका विकृति न्यूनिकरण गर्न सहयोग गर्ने क्लवको उद्देश्य छ,’ उनले भने ।

Previous articleराष्ट्रिय संविधान दिवस : नरैनापुरमा सरसफाई र बृक्षारोपन (फोटो फिचर)
Next articleनेपालगन्जमा दुर्गा मूर्तिको माग आधा घट्यो : विक्रि नभएपछि मूर्तिकार चिन्तित (फोटोहरु)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here