राष्ट्रिय संविधान दिवस : नरैनापुरमा सरसफाई र बृक्षारोपन (फोटो फिचर)

संविधान दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सरसफाई तथा बृक्षारोपन कार्यक्रम । तस्वीरहरु : नरैनापुरका लेखा अधिकृत भरत बस्नेतको फेसबुक वालबाट साभार ।

बाँके, ३ असोज, २०७९ ।


संविधान दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले नरैनापुर बजारको सरसफाई गरेको छ । गाउँपालिकाका प्रमुख सैयद इस्तियाक अहमद शाहको अगुवाईमा नरैनापुर बजार र आसपास क्षेत्रको सरसफाई गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
संविधान दिवसको अवसरमा गाउँपालिकाले निर्माणाधिन प्रशासनिक भवन परिसरमा बृक्षा रोपन समेत गरेको छ । विभिन्न जातका झण्डै दुई सय विरुवा रोपिएको लेखा अधिकृत भरत बस्नेतले बताए । प्रशासनिक भवनलाई बातावरण मैत्री बनाउन विभिन्न जातका विरुवा रोपिएको उनको भनाई छ ।
सरसफाई तथा बृक्षा रोपन कार्यक्रममा गाउँपालिका प्रमुख शाहले वातावरण संरक्षण सँगै सरसफाईमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘वातावरण संरक्षण र सरसफाईले ब्यक्तिलाई निरोगी बनाउन मद्दत गरि ब्यक्ति, समाज र राज्यको आर्थिक भार कम गर्न सघाउँछ । यसतर्फ कर्मचारी तथा जनप्रतिनिधिको ध्यान जान आवश्यक छ ।’
सरसफाई तथा बृक्षारोपन कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।

Previous articleएमालेले टुंग्यायो क्लस्टर अनुसार समानुपातिक उम्मेदवारको नाम (सूचीसहित)
Next articleविकृति न्यूनिकरण गर्न दंगीशरणमा ड्रिम्स यूवा क्लव गठन, अध्यक्षमा अविसेक चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here