नवौँ राष्ट्रिय प्रतियोगिताका लागि १० विधाका छनोट खेल नेपालगन्जमा

बाँके, १ असोज, २०७९ ।


पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा १० विधाका छनोट खेल हुने भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदले २ असोजदेखि छनोट प्रतियोगिता गर्न लागेको छ ।
लुम्बिनी प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्तरगत ८ असोजदेखि नेपालगन्ज रंगशालामा १० वटा विधाका छनोट प्रतियोगिता गर्न लागिएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । उनका अनुसार ८ असोजमा बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ ।
त्यसैगरी, ८ र ९ असोजमा बक्सिङ, भारोत्तोलन एवम् १० र ११ असोजमा जुडो, सुटिङ, हक्की महिला, पुरुष तथा साइक्लिङ प्रतियोगिता हुने उनले बताए ।
उनले १० असोजमा पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती तथा उसु छनोट प्रतियोगिता हुने जानकारी दिए ।
त्यसैगरी, ६ र ७ असोजमा दाङको बेलझुण्डीमा एथ्लेटिक्स, तुल्सीपुरमा फुल कन्ट्रयाक्ट कराँते, टेवल टेनिस र हेण्ड बल छनोट प्रतियोगिता हुने उनले बताए ।
१४ असोजमा रोल्पामा आइटिएफ तेक्वान्दो प्रतियोगितासँगै छनोट प्रतियोगिता समापन गर्ने तालिका सार्वजनिक गरेको लुम्बिनी खेलकुद परिषदले ११ र १२ असोजमा बर्दियाको तारातालमा सेपाताक्रा र सोही दिन बर्दियाको भुरीगाउँमा महिला–पुरुष खो–खो तथा बर्दियाको गुलरियामा रब्बी प्रतियोगिता हुने भएको छ ।

Previous articleबबईमा पानीको सतह खतराभन्दा माथि, राप्तीमा नाघ्यो चेतावनी सतह
Next articleखानेपानीमा मन्त्री र सांसदको मनोमानी : ७५ आयोजना अधुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here