पक्की भवनका लागि १५ र सूचना-प्रविधि प्रयोगशाला स्थापना गर्न ८ विद्यालय छनोट

बाँके, ३१ भाद्र, २०७९ ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।
छनोट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुने भएको छ । त्यसैगरी, पाँच वटा विद्यालयमा दुई कोठे पक्की भवन निर्माण हुने मन्त्रालयले जनाएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोहलपुर, जनज्योती आधारभूत विद्यालय झण्डहवा र राम माध्यमिक विद्यालय हवल्दारपुर, बैजनाथ गाउँपालिका १ चिसापानीस्थित सुर्योदय माध्यमिक विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुने भएको छ ।
मन्त्रालयका अनुसार, राप्तीसोनारी गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुलरी, जनशक्ति माध्यमिक विद्यालय बालापुर, भुवर भवानी मावि. बिनौना र नेपाल राष्ट्रिय मावि कोदरवेटवामा पनि भवन निर्माण हुने भएको छ ।
मन्त्रालय जारी गरेको सूचना अनुसार, दुई कोठे भवनका लागि कोहलपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय लखनवार, बैजनाथ गाउँपालिकास्थित वागेश्वरी मावि, राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि अगैया, बालशान्ति आधारभूत विद्यालय भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय शंकरनगर कोटीयामा छनोट भएका छन् ।
चार कोठे पक्की भवनका लागि छनोट भएका विद्यालयले ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजारका दरले रकम पाउने मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक बर्षमा कृष्ण मावि कोहलपुर, जन ज्ञानज्योती मावि कोहलपुर, जनजागरण आधारभूत विद्यालय बैजनाथ, जनसहयोगी आधारभूत विद्यालय बैजनाथ, गणेश आधारभूत विद्यालय ढकेरी, शिवशक्ति मावि पेरानी, जनशक्ति मावि बैजापुर र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नरैनापुरले सूचना तथा प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएका छन् । सूचना तथा प्राविधि प्रयोगशाला निर्माणका लागि छनोट भएका विद्यालयले ६ लाख ५० हजारका दरले रकम पाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

Previous articleचार ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित चौधरी पक्राउ
Next articleबबईमा पानीको सतह खतराभन्दा माथि, राप्तीमा नाघ्यो चेतावनी सतह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here