बाँके, २९ भाद्र, २०७९ ।
नेपालगन्ज–गुलरिया हुलाकी सडक स्तरोन्नतीको प्रक्रिया अगाडी बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतीको लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडी बढेको हो ।
कुल ३५ किलोमिटर सडक फोरलेन स्तरोन्नती गर्ने प्रक्रिया अगाडी बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले आज दिउँसो ३ बजे शिलान्यास गर्न लागेको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए ।
सडक शिलान्यासका लागि मन्त्री राई नेपालगन्ज आएका छन् । खजुरारोड स्थित नन्दनी मिल नजिक शिलान्यास कार्यक्रम राखिएको सचिव सिग्देलले जानकारी दिए ।
नेपालगन्ज–गुलरिया हुलाकी सडक साँघुरो भएका कारण सडक दुर्घटना बढ्न थालेपछि स्तरोन्नती गर्न लागिएको मन्त्री राईले बताए । उनले नेपालगन्जदेखि सिधनवाघाटसम्मको हुलाकी सडक पनि स्तरोन्नती गरिन लागेको बताए ।