नवौँ राष्ट्रिय प्रतियोगिता : लुम्बिनीमा २–१५ असोजसम्म छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक (तालिका सहित)

तस्वीर : नेपालगन्जमा आयोजना भएको आठौँ राष्ट्रिय प्रतियोगिताका लागि छनोट प्रतियोगितामा प्रतिष्पर्धा गर्दै लुम्बिनी प्रदेसका भारोत्तोलन खेलाडी ।

बाँके, २९ भाद्र, २०७९ ।


लुम्बिनी प्रदेस खेलकुद परिषदले २ असोजबाट छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोट प्रतियोगिता रुपन्देहीको बुटवलबाट सुरु भई १३ असोजमा रोल्पामा समापन हुने कार्यक्रम तय भएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । प्रतियोगिताको लुम्बिनी प्रदेस खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले एक कार्यक्रमका वीच उद्घाटन गर्ने कार्यक्रम छ ।
उनले बुटवलपछि कपिलबस्तु, दाङ, बाँके र बर्दियामा छनोट प्रतियोगिता हुने बताए । लुम्बिनी प्रदेशस्तरिय छनोट प्रतियोगितामा फरक–फरक जिल्लामा फरक–फरक खेल विधाका प्रतियोगिता गरिने बताए ।

कुन दिन कुन प्रतियोगिता हुँदै छ ?
उनका अनुसार, २, ३ र ४ असोजमा रुपन्देहीको एन्फा मैदानमा महिला तथा पुरुष फुटवल छनोट प्रतियोगिता हुने भएको छ । भने, २ र ३ असोजमा बुटवलमा बुद्धिचाल, भैरहवामा भैरहवामा तेक्वान्डो, सोही दिन रुपन्देहीको एन्फा हलमा महिला भलिवल र भैरहवामा ब्याडमिन्टन तथा रुपन्देहीकै कालिका माविमा महिला र पुरुष कवड्डी प्रतियोगिता गरिने भएको छ ।
यसैगरी, २ र ३ असोजमा रुपन्देहीको एन्फा हलमा लन टेनिस, शारिरिक सुगठन र रुपन्देहीको नयाँ गाउँमा आर्चरी छनोट प्रतियोगिता हुने भएको छ ।
त्यसैगरी, ४ र ५ असोजमा नवपरासीमा पुरुष भलिवल र कपिलबस्तुमा सितारियो कराँते प्रतियोगिता गर्ने तालिका छ । ६ र ७ असोजमा दाङको बेलझुण्डीमा एथ्लेटिक्स, तुल्सीपुरमा फुल कन्ट्रयाक्ट कराँते, टेवल टेनिस र हेण्ड बल छनोट प्रतियोगिता आयोजना गर्न लागिएको कार्यालय प्रमुख चन्दले बताए ।
छनोट प्रतियोगिता अन्तरगत ८ असोजमा नेपालगन्जमा बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ । भने, ८ र ९ असोजमा नेपालगन्जमा बक्सिङ तथा भारोत्तोलन एवम् १० र ११ गते नेपालगन्जमा जुडो, सुटिङ हक्की महिला पुरुष र साइक्लिङ प्रतियोगिता हुने मध्यपश्चिमा खेलकुद विकास समितिका लेखा अधिकृत मिनबहादुर जिसीले बताए ।
उनका अनुसार, १० असोजमा नेपालगन्जमा पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती र उसु छनोट प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिता अन्तरगत बर्दियाको तारातालमा सेपाताक्रा, ११ र १२ असोजमा बर्दियाको भुरीगाउँमा महिला–पुरुष खो–खो र बर्दियाको गुलरियामा रब्बी प्रतियोगिता हुने भएको छ ।
छनोट प्रतियोगिताका लागि सम्पूर्ण ब्यवस्था मिलाइएको लुम्बिनी प्रदेस खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । उनले १३–१४ असोजमा रोल्पामा आइटिएफ तेक्वान्डो प्रतियोगितासँगै समापन गरिने बताए ।

Previous articleनेपालगन्ज–गुलरिया सडकको मन्त्री राईले आज शिलान्यास गर्ने
Next articleबाँकेको विकासमा मन्त्री राई सक्रिय : नेपालगन्ज–गुलरिया चार लेन सडक शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here