नरैनापुरमा खराल र नेपालगन्जमा रिजाल प्रमुख प्रशासकीय अधिकृत

बाँके, २८ भाद्र, २०७९ ।


नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरि पनि मणिराम खरालले पाएका छन् । खरालले आजदेखि पुनः नरैनापुर गाँउपालिकाको जिम्मेवारी सम्हालेका छन् ।
उनी यसअघि पनि उक्त गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रूपमा उनलाई सरूवा गरेपछि आज मंगलवारदेखि पुनः गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको बताए ।
यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका भरत बस्नेतलाई पुनः लेखा अधिकृतको जिम्मेवारी दिइएको छ । जिम्मेवारी सम्हालेपछि खरालले कर्मचारीको अभिभावकको रुपमा काम गर्ने प्रतिवद्धता जनाए ।
उनले कार्य सम्पादन सम्झौता गरेर कर्मचारीलाई अधिकार प्रत्यायोजन गर्ने स्पष्ट पारे । ‘नरैनापुरको समग्र विकासका लागि नीति, नियम बनाउने र विकास योजनामा समन्वयकारी भूमिका निर्वाह गर्ने छु,’ उनले भने ।
त्यसैगरि, नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवप्रसाद रिजालले सम्हालेका छन् । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रिजालले पाएका हुन् । उनले सोमवारदेखि नेपालगन्ज उपमहानगरको जिम्मेवारी सम्हालेका हुन् ।

Previous articleबच्चा चोरको हल्लाले अभिभावकलाई तनाव, हल्लामात्र हो : बाँके प्रहरी
Next articleप्रविधि प्रयोगमा नरैनापुर अगाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here