पार्टीको ह्वीप उलंघन गरि राजधानी दाङ बनाउने पक्षमा मतदान गरेँ : मन्त्री डिल्लीबहादुर चौधरी

बाँके, २५ भाद्र, २०७९ ।


तत्कालिन नेकपाका प्रदेस सभासदहरु लुम्बिनी प्रदेशको राजधानी दाङ बनाउने पक्षमा एक मत थिए । प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले त्यसको विपक्षमा मतदान गर्ने निर्णय सँगै ह्विप जारी गरेको थियो । त्यसपछि दाङ क्षेत्र नं. ३ प्रदेस सभा (क) बाट विजयी भएका सभासद डिल्लीबहादुर चौधरी अपठेरोमा परे । दाङको पक्षमा मतदान गरौँ पार्टीको कारवाही भोग्नुपर्ने, विपक्षमा मतदान गरौँ आफ्नो माटो प्रति बेइमानी गरेको ठहर्ने भएकोले उनी दोधारमा परे । उनले कांग्रेस शिर्ष नेता र कानुन ब्यवसायीसँग राय लिए । धेरैले उनलाई पार्टीको ह्वीप उलंघन गरे कारवाही भोग्नु पर्ने भएकोले त्यस्तो नगर्न सुझाव दिए । तर, उनले मातृभूमिलाई धोका दिनुभन्दा कारवाही भोग्न उचित ठाने । आफ्नै पार्टीको ह्विप विरुद्धमा मतदान गर्ने निर्णयमा पुगे । र, उनले लुम्बिनी प्रदेसको स्थायी राजधानी दाङ बनाउने पक्षमा मतदान गरे ।
अहिले उनी लुम्बिनी प्रदेसको ग्रामिण, सहरी तथा पर्यटन मन्त्री छन् । उनी भन्छन्, ‘म आफ्नो दलको ह्वीप विरुद्ध संसदमा उपस्थित भएँ । र, पार्टीको निर्णय विरुद्ध लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ बनाउने पक्षमा मतदान गरेँ ।’
मुख्यमन्त्री हुँदा नेकपा एमालेका महासचिव शंकर पोखेरलले बुटवलबाट स्थायी राजधानी दाङको राप्ती गाउँपालिकामा सार्ने निर्णय लुम्बिनी प्रदेशको संसदबाट पारित गराएका थिए । दाङकै मन्त्री मुख्य भूमिकामा रहँदा त्यसलाई सार्थकता दिन कुनै भूमिका नखेलेको भन्दै आलोचना भइरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री चौधरीले आफूले मातृभूमिलाई अपमान नगरेको स्पष्ट पारेका छन् । ‘पार्टीले ह्विप लगाउँदा पनि आफ्नो माटोलाई गद्दारी गर्दिनँ भनेर दाङको पक्षमा खुलेआम उत्रिएँ । सरकार र नेताहरुलाई दवाव दिएँ । फलस्वरुप लुम्बिनी प्रदेसको स्थायी राजधानी दाङ ल्याउन सफल भयौँ,’ उनले भने, ‘मातृभूमिका लागि मरिहत्ते गर्ने ब्यक्ति विरुद्ध भ्रम छरेर चुनावमा हराउने परिकल्पना कसैले गर्छ भने त्यो सम्भव हुँदैन ।’
उनले निर्वाचनको मुखमा राजनीतिक फाइदाका लागि अफवाह नफैलाउन आग्रह गरेका छन् । उनले प्रदेसको स्थायी राजधानीलाई व्यवस्थित र चिटिक्क पार्ने काम आफू मातहतको मन्त्रालयले गरिरहेको उनले जिकिर गरे ।
उनले ६ अर्बको टेन्डर निकाल्ने तयारी भइरहेको हुँदा विपक्षी दलका नेतालाई डाहा हुनु स्वभाविक भएको बताए । ‘डिल्ली चौधरीले राजधानी चिटिक्क पार्दैछ । मैले राम्रो गर्न थालेको देखेर उहाँहरूलाई डाहा भएर मेरो बारेमा अफबाह फैलाउने काम गर्नु भएको हो,’ उनले भने ।

१८ बिगाहा जग्गामा रहेको राप्ती प्राविधिक शिक्षालय सार्न नसकेको काम आफूले गरेको उनको दावी छ । ‘विद्यालय सार्ने सम्झौता भई सार्ने प्रक्रिया अगाडी बढिसकेको छ,’ उनले भने, ‘शिक्षालय सारेपछि राजधानी व्यवस्थित गर्न थप सहज हुने छ ।’
दाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (क) का लागि कांग्रेसले उनको नाम एक नम्बरमा सिफारिस गरेको छ । उनले भने, ‘पार्टीको आदेशअनुसार अगाडि बढ्दै आएको छु,’ उनले भने, ‘म पार्टीको सिपाही हुँ । पार्टीले चुनाब लड् भने लड्छु बस भने बस्छु । त्यसमा मलाई कुनै आपत्ति हुने छैन ।’
नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले अफबाहको पछाडी नलाग्न सर्वसाधारणसँग अपिल गरेका छन् ।

Previous articleराप्रपाका केन्द्रिय प्रशिक्षण विभाग सदस्य शाहले गरे पार्टी परित्याग
Next articleआजदेखि सोह्र श्राद्ध सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here