सिकलसेल अस्पताल भवनको शहरी विकास मन्त्री चौधरीले विहीवार शिलान्यास गर्ने

बाँके, २२ भाद्र, २०७९ ।


जानकी गाउँपालिका ३, नहरपुर्वामा निर्माण हुन लागेको सामुदायिक सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास विहीवार भोली हुने भएको छ । उक्त भवनको शहरी विकास मन्त्री मेटमणी चौधरीले एक कार्यक्रमका वीच शिलान्यास गर्ने कार्यक्रम रहेको अनुसन्धान केन्द्रका अध्यक्ष जिवराज चौधरीले जानकारी दिए ।
उनले शिलान्यास लगतै भवन निर्माणको काम अगाडी बढाइने बताए । पश्चिम नेपालका थारुलाई लाग्ने सिकलसेल एनिमियाका विरामीलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले सामुदायिक सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको बताए ।

Previous articleसंस्कृति, परम्परा र रितिरिवाजले थिचिएका थारु (विवेचना)
Next articleअध्यक्ष मल्ललाई अनेरास्ववियूको बधाई, एकीकृत समाजवादी नेता सुनारलाई छट्पटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here