जसपाबाट वडा अध्यक्षका उम्मेदवार पाण्डे एमालेको समानुपातिकमा सिफारिस

बाँके, १९ भाद्र, २०७९ ।


एमाले बाँकेका तीन वटै क्षेत्रीय कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस गरेका छन् । एमाले बाँके क्षेत्र नं. १ का सचिव सूर्य रोकायका अनुसार, एमाले क्षेत्र नं. १ ले सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरि जिल्ला कमिटीलाई पठाएको छ ।
समानुपातिक तर्फ भारती खनाल, भगवती बराल र दुर्गाप्रसाद पाण्डेको नाम सिफारिस गरेको उनले बताए । पाण्डे गत स्थानीय निर्वाचनमा जनता समाजबादी पार्टीको तर्फबाट राप्तीसोनारी गाउँपालिका वडा नं. ७ को वडा अध्यक्षका उम्मेदवार थिए ।
यसैगरी, बाँके क्षेत्र नं. २ ले मोहम्मद हारुन हल्वाई, शिव डोटेल, रविन्द्र लम्साल, रचना श्रेष्ठ, पार्वती बोहरा, अक्रम अन्सारी लगायतको नाम सिफारिस गरेको उपाध्यक्ष डिल्ली विसीले बताए ।
एमाले क्षेत्र नं. ३ कमिटीले प्रतिनिधि सभा निर्वाचनका लागि किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरेको छ । समानुपातिकका लागि जिल्ला कमिटीले नाम टुंग्याउने भएकोले यस विषयमा छलफल नभएको एमाले बाँके संगठन विभाग प्रमुख भीम ओलीले जानकारी दिए ।
एमालेले गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकालाई प्रतिनिधि र प्रदेश सभा निर्वाचनको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

Previous articleप्रदेस सभा निर्वाचन : एमालेबाट ६ वटै प्रदेस सभाका लागि उम्मेदवार सिफारिस
Next articleभेरी अस्पतालका बिरामीलाई रगत निशुल्क, रक्त संचारको अत्याधुनिक भवन बनाउने प्रक्रिया सुरु : मन्त्री राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here