बाँके प्रदेस सभा ३ क र ख बाट कांग्रेस उम्मेदवार को–को सिफारिस भए ?

बाँके, १६ भाद्र, २०७९ ।


नेपाली कांग्रेस बाँके प्रदेस सभा ३ क र ख ले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रदेस सभा निर्वाचनका लागि प्रदेस सभा–३ ‘क’ बाट प्रत्यक्षतर्फ कपिलदेव शर्मा, चन्तराम थारु, केशवकुमार शाह, बिनोदकुमार थारु, टंकप्रसाद काफ्ले, देवबहादुर केसी, टीकाराम उपाध्याय, शरद रेग्मी र रामबहादुर विष्टको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ भावना चौधरी (थारु महिला), कृष्णप्रसाद सापकोटा (खस आर्य), दशरथ थारु (थारु), पवनकुमार थारु (थारु), श्रीदेवी थारु (थारु महिला), नाज्मा खातुन (मुस्लिम महिला), कोपिला शर्मा (महिला) र कमला हमाल (महिला) मा सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्र नं. ३ कार्यसमितिले सिफारिस गरेको उक्त नामावली जिल्ला कार्यसमिति बाँके हुँदै लुम्बिनी प्रदेस कार्यसमितिमा पठाइने भएको छ ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले प्रदेस सभा–३ ‘क’ बाट चन्तराम थारुलाई उम्मेदवार बनाएको थियो । उनलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आईपी) ले पराजित गरेका थिए ।
नेपाली कांग्रेसले बाँके, प्रदेस सभा–३ ‘ख’ बाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार पनि सिफारिस गरेको छ । प्रदेस सभा–३ ‘ख’ बाट प्रत्यक्षतर्फ पहिलो नम्बरमा दुखिराम लोनियाको नाम सिफारिसमा परेको छ । यस्तै दोस्रो नम्बरमा रामेश्वर कँडेल, राजेन्द्र आचार्य, देउफल यादव, दयाराम यादव र बोदिलाल न्यौपाने सिफारिसमा परेका छन् ।
यसैगरी समानुपातिक तर्फबाट भीमबहादुर बिक (दलित), रमेशकुमार सिजाली (जनजाती), नरबहादुर खड्का (खस आर्य), धर्मराज सुनार (दलित), मो. कमाल अन्सारी (मुस्लिम), रामचन्द्र गुप्ता (मधेसी) तथा उमा थापामगर, चिनुमाया कुँवर र झुपकली मगर (झुकमाया) महिला कोटाबाट सिफारिसमा परेको प्रदेस सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्यले जानकारी दिए । उनीहरुको नाम क्षेत्र नं. ३ कार्यसमितिलाई सिफारिस गरिएको उनले बताए ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सभा–३ ‘ख’ बाट कांग्रेसबाट लक्ष्मीनारायण शाहलाई उम्मेदवार बनाएको थियो । शाहलाई तत्कालिन बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका बाबुराम गौतमले पराजित गरेका थिए ।

Previous articleपश्चिमा थारु समुदायमा मृत्यू संस्कार गर्ने प्रचलन कस्तो छ ?
Next articleराहतको माग गर्दै स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here