लेनदेन मुद्दामा फरार भाट पक्राउ

बाँके, १० भाद्र, २०७९ ।


बाँके प्रहरीले लेनदेन मुद्दामा सजाय पाएका एक जनालाई पक्राउ गरेको छ । बाँके जिल्ला अदालतको २० जेठ, २०७९ को फैसलाले एक बर्ष कैद सजाय पाएका कोहलपुर नगरपालिका ११ का ३२ बर्षिय लोकेन्द्र भाटलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
अदालतमा मुद्दा चलिरहेका बेलादेखि नै उनी फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका भाटलाई थप कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए ।

Previous articleएकीकृत समाजवादी बाँकेले टुंग्यायो प्रतिनिधि र प्रदेश सभा उम्मेदवारको नाम (को–को भए सिफारिस ?)
Next articleअट्वारी पर्वमा सार्वजनिक विदा (कुन–कुन स्थानीय तहले दिए विदा ?)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here