एकीकृत समाजवादी बाँकेले टुंग्यायो प्रतिनिधि र प्रदेश सभा उम्मेदवारको नाम (को–को भए सिफारिस ?)

बाँके, १० भाद्र, २०७९ ।


नेकपा (एकीकृत समाजवादी) ले बाँकेका तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम छनोट गरि प्रदेश कमिटीमा पठाएको छ । नेपालगन्जस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि उक्त पार्टीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि २९ जनाको नाम सिफारिस गरि प्रदेश कमिटीमा पठाएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य अशोक कोइरालाले १० भाद्र भित्र उम्मेदवारको नाम छनोट गरी प्रदेशमा कमिटीमा पठाउनुपर्ने केन्द्रका सर्कुलर अनुसार जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरि पठाएको बताए । उनले गठबन्धन भएको खण्डमा केन्द्रको निर्णय अनुसार उम्मेदवारले नाम फिर्ता लिने सहमति भएको समेत बताए ।
उनले एकीकृत समाजवादीले एमालेले जितेको प्रतिनिधि सभा र प्रदेश सभामा दावी गरेको बताए । ‘एमालेले जितेको प्रतिनिधि सभा क्षेत्र नं. ३, प्रदेश सभा क्षेत्र नं. १ ख र क्षेत्र नं. ३ ख मा समाजवादीको दावी रहन्छ,’ उनले भने ।
एकीकृत समाजवादीले प्रतिनिधी सभा क्षेत्र नं. १ का लागि यमबहादुर आले, मन्जु कोइराला र इतिवारी थारुको नाम सिफारिस गरि पठाएको छ । भने, प्रदेश सभा १ ‘क’ का लागि रामकृष्ण विक, पे्रमिका शाही र केशवराम यादवको नाम सिफारिस गरि पठाएको सचिव दीपक जिएमले जानकारी दिए । उनका अनुसार प्रदेश सभा १ ‘ख’ का लागि अशोक कोइराला, अब्दुल हुसेन खाँ र केशकुमारी भुषालको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, प्रतिनिधी सभा क्षेत्र नं. २ का लागि विनोद मैनाली, महेन्द्रराज शर्मा, मौलाना अब्दुल जब्बार मञ्जरी र तुलसा थापाको नाम सिफारिसमा परेको छ । भने, प्रदेश सभा २ ‘क’ का लागि लक्ष्मणप्रसाद गौतम, सुनिता बर्मा र शान्ता थपलियालाई सिफारिस गरिएको छ । प्रदेश सभा २ ‘ख’ मा समसुद्दिन सिद्धिकी, डम्बरबहादुर थापा र करिश्मा कुमारी योगीको नाम सिफारिस गरि पठाइएको सचिव दीपक जिएमले जानकारी दिए ।
उता, प्रतिनिधी सभा क्षेत्र नं. ३ का लागि दलबहादुर सुनार, होमनाथ सापकोटा र लक्ष्मीसिंह ठकुरीको नाम सिफारिस भएको छ । प्रदेश सभा ३ ‘क’ मा दीपककुमार गौरीमगर, भगवती शाह र मनकुमारी चन्द तथा प्रदेश सभा ३ ‘ख’ मा इन्द्रबहादुर थापा, लालबहादुर खत्री, भद्रप्रसाद देवकोटा र रुपा रावलको नाम सिफारिस गरि प्रदेश कमिटीमा पठाइएको छ । ‘१७ भाद्रमा बस्ने प्रदेश कमिटी बैठकले उम्मेदवारको टुंगो लगाएर केन्द्रमा पठाउने छ,’ केन्द्रिय सदस्य कोइरालाले भने ।

Previous articleपहिचानसहितको अधिकार माग्दा राज्यबाट दमन : अध्यक्ष रञ्जिता चौधरी
Next articleलेनदेन मुद्दामा फरार भाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here