मिसेज नेपालगन्जको अडिसन भोलीदेखि हुने

बाँके, २ भाद्र, २०७९ ।


नेपालगन्जको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी दावी गरिएको तीज नृत्य प्रतियोगिता सँगै फेसन शो र मिसेज नेपालगन्जको अडिसन शुक्रवारदेखि नेपालगन्जमा हुने भएको छ । अवध मिडिया ग्रुप प्रालिद्वारा संचालित जी नेपाल फोरके टेलिभिजनले ५१ हजार पुस्कार राशीको तीज नृत्य प्रतियोगिता सँगै फेसन शो र मिसेज नेपालगन्ज आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा गृहणी महिलाले मात्र भाग लिन पाउने टेलिभिजन संचालक आशिष गुप्ताले बताए । घरको काममा मात्र ब्यस्त रहने गृहणी महिलालाई लक्षित गरि आयोजना गरिएको प्रतियोगिताको अडिसन सिद्धार्थ कटेज, मेरो प्लानेट, खजुरा मिनि पार्क र कोहलपुरको सेन्टर प्लाजामा हुने गुप्ताले जानकारी दिए ।
प्रतियोगितामा नृत्य र फेसन शो सँगै मिसेज नेपालगन्ज बिधाका फस्ट रनरअपले ५१ हजार, सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार रुपैँया पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । ‘नेपालगन्जको यो सबैभन्दा ठुलो राशी पुरस्कारको प्रतियोगिता हो,’ उनले भने ।

Previous articleभाद्र दोस्रो सातादेखि नयाँ डायलाइसिस मेसिनबाट सेवा दिने भेरी अस्पतालको तयारी
Next articleराजस्व अनुसन्धानका कर्मचारीमाथि छानविन गर्न उद्योगी, ब्यवायीको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here