बाँकेमा बुधवार १४ जनामा कोरोना पुष्टि

बाँके, १ भाद्र, २०७९ ।


बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ । यहाँ बुधवार १४ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालमा बुधवार १४ जनाको पिसिआर जाँच गर्दा बाँकेका तीन गरि आठ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, राप्तिसोनारी गाउँपालिकामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनले बुधवार पुष्टि भएका बाँकेका कोरोना संक्रमितमा चार महिला र पाँच पुरुष रहेको बताए ।
योसंगै बाँकेमा संक्रमितको संख्या २१ हजार २९९ पुगेको छ । भने बाँकेमा सात जना डिस्चार्ज भएसँगै २० हजार ८५२ जना निको भएका छनन् ।
बुधवारसम्म बाँकेमा ९४ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये चार महिला र एक पुरुष गरि पाँच जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८९ जना होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

Previous articleनेपालगन्ज र कोहलपुरमा आकासे पुल निर्माण प्रक्रिया सुरु
Next article१६ बर्षिय किशोर सामुदायिक वनमा मृत फेला, पुनर्स्थापना केन्द्रमा एकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here